गण्डकीको मुख्य न्यायधिवक्तामा खगराज नियुक्त

  Sampatti News Online

April 11, 2024

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिबक्ता नियुक्त गरेका छन् ।  लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिबक्ता नियुक्त गरिएको हो ।

आइतबार मुख्यमन्त्री बनेका अधिकारीलाई बुधबार सर्वोच्चले कामचलाउ बनाइदिएको छ । मुख्यन्यायाधिबक्ता मंगलबारको क्याबिनेट बैठकले नियुक्त गरेको हो । यसअघि १०५ दिनको मुख्यमन्त्री हुँदा कास्कीका श्रीकान्त बराललाई नियुक्त गरिएको थियो ।

उनले २०५० देखि ०५४ सम्म काठमाडौंमा र त्यसपछि लमजुङमा बसेर कानुन व्यवसाय गर्दै आएका छन् । 

प्रकाशित मिति:April 11, 2024