वर्षको अन्तिम दिन बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ

  Sampatti News Online

April 12, 2024

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सामान्य घटेको सुनको मूल्य आज शुक्रबार भने तोलामा २ हजार ४ सय रुपैयाँले बढेको छ ।

 बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:April 12, 2024