संसद्को हिउँदे अधिवेशन: २३ वटा बैठकमा के-के भयो ? (पूर्णपाठ)

  Sampatti News Online

April 14, 2024

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशन गत माघ २२ गतेदेखि वैशाख २ गतेसम्म ७० दिन चल्यो । ७० दिनमा प्रतिनिधि सभाका २३ वटा बैठक बसे । २३ दिनमा प्रतिनिधि सभा बैठक ८१ घण्टा ५५ मिनेट चलेको छ ।

यस अवधिमा प्रतिनिधिसभाले जम्मा तीनवटा विधेयक पारित गरेको छ । जसमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक रहेका छन् । प्रतिनिधिसभाको यसै अधिवेशनले विमस्टेक बडापत्र पनि अनुमोदन गरेको छ ।

हिउँदे अधिवेशनबाट कूल ३ वटा विधेयक पारित गरिएको छ ।

संक्षिप्त विवरण :

प्रकाशित मिति:April 14, 2024