राजतन्त्र फर्काउन असम्भव छः सभापति देउवा

  Sampatti News Online

April 14, 2024

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।

विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन् । त्यसैले बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन उनले बताए ।

सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए । ‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ । अब राजा आउने सम्भावना छैन ।’

प्रकाशित मिति:April 14, 2024