सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार

  Sampatti News Online

April 15, 2024

काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन तोलामा १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।

महासंघका अनुसार साेमबार तेजावी सुन प्रतितोला  १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएकाे छ ।

सोमबार चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:April 15, 2024