शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक: अध्ययन गरेर मन्त्रालयलाई सुझाव दिन अनुरोध

  Sampatti News

April 15, 2024

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेका छन् । ‘हामीले विगतदेखिनै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ। यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयनयोग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ। ’ मन्त्री श्रेष्ठले भनिन् ।

शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्नेछ। यी तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल secretariat.minister@moest.gov.np मा पठाउन सकिनेछ।

शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न https://moest.gov.np/post/4_6619f7750f2a5 सकिने छ ।

प्रकाशित मिति:April 15, 2024