नेपाल प्रहरीका एसएसपीद्वय अर्याल र डा. गुरुङ डीआईजी पदमा बढुवा सिफारिस

  Sampatti News

April 16, 2024

काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

साेमबार बसेकाे बढुवा समितिकाे निर्णयले अर्याल र डा. गुरुङलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरेकाे हाे ।

अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।

प्रकाशित मिति:April 16, 2024