प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच भेटवार्ता

  Sampatti News Online

April 16, 2024

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता खनालले माओवादी अध्यक्ष समेत रहेका प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्।

एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरीत कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरङ्गित बनेको छ।

प्रकाशित मिति:April 16, 2024