नौ दिन आठरात लामो बिस्का जात्रा सम्पन्न हुँदै

  Sampatti News Online

April 17, 2024

भक्तपुर । बिस्का जात्रा आज सम्पन्न हुदैंछ । भक्तपुरमा लागेको नौ दिन आठरात लामो जात्रामा पत्येक वर्ष लिङ्गो ठड्याई ढाल्ने तथा रथ जात्रा गरी टोलभरका युवाहरुलाई संस्कृति तथा परम्परामा सरिक गराउने प्रथाले यस जात्रालाई पृथक बनाएको छ ।

लिच्छिवीकालदेखि चलिआएको र संसारमा औद्योगिक क्रान्तीसमेत नभएकाले रथको आविष्कार गरेको भक्तपुरको कर्मठ युवा पुस्ता संस्कृति प्रतिको जागरुक्ता अनादि कालदेखि चलिआएको हो । अहिले भने बिस्का जात्रा टोलबासी, नेवार समुदायमा मात्र नभइ अन्तराष्ट्रिय पर्यटकहरुको पनि आकर्षणको केन्द्र बनेको छ । कोरोना कहर पछि कम भएको पर्यटकको घुइँचो बिस्का जात्रा पछि पुनः सुधार हुँदै गएको छ । पर्यटकहरु फ्रान्स, अस्टे«लिया लगायत युरोप ,अमेरीकाबाट आएर बिस्का जात्राको मजा लिइरहेका छन । नेपालीहरु एकदमै पाहुनाप्रेमी र स्वागत गर्ने प्रवृतिका भएको पर्यटकको बुझाइ छ ।

यसपटकको बिस्का जात्रामा पर्यटकहरुको उत्साहपूर्ण सहभागिता छ । तर भक्तपुरमा सधैजसो संगै बिस्का जात्रा मनाउने साथिभाइ नहुँदा भने यहाँ बस्नेहरुलाई खल्लो हुनु स्वभाविक हो । विदेश मोहका कारण यहाँका धेरै युवाहरु विदेशिएका छन् ।

यस्तै गरी सुर्यमडी भक्तपुरका युवा सुवास प्रजापतिले बिस्का जात्रा युवाहरुको र समस्त भक्तपूरको एकता र शानको परिसुूचक भएको बताए ।

प्रकाशित मिति:April 17, 2024