रहेनन् पूर्वमुख्यसचिव शाक्य

  Sampatti News

April 17, 2024

काठमाडौ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

प्रकाशित मिति:April 17, 2024