गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

  Sampatti News

April 18, 2024

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरभित्र ८९ रनमै अलआउट भएको थियो । प्रतियोगितामा गुजरातको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो । रसिद खानको ३१ रन नै सर्वाधिक ठूलो स्कार रह्यो ।

यो यस सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो। यो जितपछि दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ।

दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क रहेको छ। त्यसै गरी ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क जोडेको गुजरात अङ्क तालिकामा सातौं स्थानमा रहेको छ।

प्रकाशित मिति:April 18, 2024