महालेखापरीक्षकमा राया नियुक्त

  Sampatti News Online

April 18, 2024

काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:April 18, 2024