ललितपुरमा डढेलोः थप एकको ज्यान गयो

  Sampatti News Online

May 1, 2024

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि ज्यान गएको छ ।

गत मंगलबार आगो निभाउने क्रममा स्थानीय रमेश पहरी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यस्तै आगो निभाउने क्रममा नै स्थानीय शंकर पहरीको मंगलबार ज्यान गएको थियो । वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन। केही दिन अघिदेखि ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा लागेको डढेलो आनन्द वनमा समेत फैलिएको छ ।

प्रकाशित मिति:May 1, 2024