लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज घट्यो

  Sampatti News Online

April 18, 2024

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन १ लाख ३९ हजार २ सय मूल्यममा कारोवार भएको थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी यता, चाँदीको भाउ १० रुपैयाँले बढेको छ। यस दिन चाँदि प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति:April 18, 2024