शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

  Sampatti News Online

April 18, 2024

काठमाडौँ । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका हुन्।

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।

प्रकाशित मिति:April 18, 2024