पोखरामा कति हजारले चढे प्याराग्लाइडिङ ?

  Sampatti News Online

April 18, 2024

काठमाडौं । पोखरामा एक वर्षको अवधिमा साढे १६ हजारले प्याराग्लाइडिङ यात्रा गरेको तथ्यांकले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०२३ को फाइनल तथ्यांक अनुसार यस वर्ष १६ हजार ४६८ जनाले पोखराको प्याराग्लाइडिङ चढेका छन् ।

यस वर्ष ६ हजार ९९३ जना विदेशी र ९ हजार ४७५ जना नेपाली नागरिकले प्याराग्लाइडिङ चढेको तथ्यांक छ । अघिल्लो वर्ष सन् २०२२ मा पोखरामा १४ हजार ९६० जनाले प्याराग्लाइडिङ चढेका थिए ।

कोभिड महामारीको वर्षहरुमा समेत प्याराग्लाइडिङ चढ्ने यात्रु घटेका थिएनन् । सन् २०२१ मा १२ हजार ९५० र सन् २०२० मा २२ हजार २७५ जनाले प्याराग्लाइडिङको अनुभव लिएका थिए ।

सन् २०१९ मा भने यो संख्या ३२ हजार ५२२ पुगेको थियो । त्यसबेला सम्म विदेशी नागरिकले धेरै यसको अनुभव लिने गरेकोमा अब भने नेपाली नागरिकको संख्या निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति:April 18, 2024