नवनियुक्त महालेखापरीक्षक रायाले शपथ लिए

  Sampatti News

April 18, 2024

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई सपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुनुहुन्थ्यो । संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको थियो ।

यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नब नियुक्त महालेखा परिक्षक राया नेपाली आर्थिक प्रशासन क्षेत्रका काबिल प्रशासकका रूपमा परिचीत छ्न। उनको नियुक्तिले आर्थिक पारदर्शीतामा बलपुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:April 18, 2024