हमास समूहको आक्रमणमा मृत्यु भएका साहको परिवारलाई पाँच लाख रकम प्रदान

  Sampatti News Online

April 19, 2024


जनकपुरधाम । हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले सहयोग स्वरुप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ ।
मधेश सरकारबाट घोषणा भए अनुसार शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुवा सोमन साहलाई पाँच लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले साहको परिवारलाई राहत स्वरुप पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय आनन्द साहसहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको ज्यान गएको थियो ।

प्रकाशित मिति:April 19, 2024