त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

  Sampatti News Online

April 19, 2024

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८५० ग्राम सुन बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:April 19, 2024