खैरो हेरोईनसहित दुई युवक पक्राउ

  Sampatti News Online

April 23, 2024


कञ्चनपुर । खैरो हेरोईनसहित दुई युवक पक्राउ परेका छन् । कंञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालबाट ०.२७ ग्राम अबैंध लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट ०.९४ ग्राम खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय निराजन बोहरालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुबैको साथबाट खैरो हेरोईन फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट थप अनुसन्धान गरिरहे जनाएको छ ।

प्रकाशित मिति:April 23, 2024