कार दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  Sampatti News Online

April 23, 2024


सुदूरपश्चिम । कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार डडेल्धुराको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका वडा नम्बर ७ बिनाउलोमा दुर्घटना भएको हो ।
दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको ज्यान गएको प्रहरी स्रोतले जनाएको छ । सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।
डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति:April 23, 2024