कतारका अमिर काठमाडौं पुगे

  Sampatti News Online

April 23, 2024


काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उनी केही बेर अगाडिमात्रै नेपाल आइपुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने भ्रमणमा आएका थानी ३ बजेर ३८ मिनेटमा काठमाडौं उत्रिएका हुन् ।
उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेले स्वागत गरेका छन् ।

प्रकाशित मिति:April 23, 2024