जनतामा आशा जगाउने योजना कार्यान्वयन गर्न निर्देशन

  Sampatti News Online

April 23, 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा। वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशिल भट्टलाई सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकुल हुनेगरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराए । उनले कर्मचारी प्र्र्र्रशासनले आफूहरुको स्पिड अनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुनेगरी तयारी गर्नुपर्ने पनि बताए।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिंचाईको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताए।

प्रकाशित मिति:April 23, 2024