April 24, 2024
कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई थान ट्याक्टरसहित झण्डै १६ लाख मुल्यको अबैध सामान आफ्नो नियन्त्रणमा लिएको छ।
हिजो र आज गरेर १५ लाख ९७ हजार ९३० मुल्यको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले टोलीले बेलौरी नगरपालिका–८ बाट १४ लाख ६२ हजार मुल्यको भन्सार छलीको सामान बरामद गरेको छ।
त्यस्तै अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले ५४ हजार ७३० मुल्यको अबैध सामान बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले पनि १० हजार र आज ९बुधबार० इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट ७१ हजार दुई सय मुल्यको अबैध सामान बरामद गरेको छ।
दुई थान ट्याक्टर, एक थान साइकल, गहुँ, डिउ, चिनी, सुट, कुर्ती, लेडिज टि–सर्ट, धोती, मिश्री, तेल, प्याज, बिडी, सुर्ती, बिस्कुट, जिरा, गम्छा लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएको छ। प्रहरीले अबैध सामान आयातमा संलग्न व्यक्तिलाइ भने नियन्त्रणमा लिन सकेको छैन्।
प्रकाशित मिति:April 24, 2024
February 16, 2025
February 15, 2025
February 14, 2025