मठिहानीमा भीषण आगलागी हुँदा १०० घर जलेर नष्ट

  Sampatti News Online

April 24, 2024


जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका वडा नम्बर ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

प्रकाशित मिति:April 24, 2024