उप–निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने

  Sampatti News Online

April 25, 2024


काठमाडौं । बैशाख १५ गते हुन गईरहेको उप–निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा तयारी पूरा भएको छ ।
बैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको नेपाल प्रहरी स्रोतले बताएको हो ।
बिहीबार नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग–अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको जनाएको हो ।
उप–निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने भएका छन् । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति:April 25, 2024