सुदूरपश्चिमका किसानहरुलाई गहुँ भित्र्याउने चटारो

  Sampatti News Online

April 28, 2024

दार्चुला । दार्चुला सहित सुदूरपश्चिमका किसानहरुलाई यती बेला गहुँ भित्र्याउने चटारो परेको छ । यहाँका किसानले मङ्सिरमा गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । दार्चुला, बैतडीमा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउने भन्ने चिन्ता बढेको दार्चुलाका किसान गोबिन्द कुँवरले बताए ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएता पनि उच्च पाहाडी क्षेत्रका केही ठाउँमा भने बैशाखको अन्तिम जेठको पहिलो साताबाट पाक्न सुरु हुन्छ । गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ ।

पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि गहुँ उत्पादनमा केहि वृद्धि हुने गरेको पाइन्छ । दार्चुलामा अहिलेपनि अधिकाङ्स ठाउँमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्रमा विस्तार गर्न निकै आवश्यक रहेको छ । बैतडीमा १५ हजार ४०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

प्रकाशित मिति:April 28, 2024