हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो

  Sampatti News Online

April 28, 2024


काठमाण्डौ । हप्ताको पहिलो दिन आज (आईबार) शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ ।
व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको हो । पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
दोहोरो अङ्कले बजार बढेको दिन तीन सय आठ वटा कम्पनीका ६८ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको १३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको हो ।

प्रकाशित मिति:April 28, 2024