बझाङः तीन हजार मतगणना हुँदा एमालेको अग्रता कायमै

  Sampatti News Online

April 28, 2024

बझाङ । बझाङमा १ (क) मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले) ले अग्रतालाई कायमै राखेको छ। नेकपा (एमाले) का दमन भण्डारी नेपाली कांग्रेसका अविशेक सिंहभन्दा ६४९ मतले अग्रता कायमै राखेका छन् ।

एमालेका भण्डारीले १३ सय ३ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ६५४ मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ४०१ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३६९ मत पाउनुभएको छ। राप्रपाका किशोर खड्काले २० मत पाएका छनु ।

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको तीन हजार ५ मत गणना सम्पन्न हुँदा ४६ मत बदर भएको छ।

प्रकाशित मिति:April 28, 2024