उपनिर्वाचन अप्डेटः बझाङमा २५ हजारभन्दा धेरै मतगणना, इलाममा सुहाङले कटाए १० हजार मत

  Sampatti News Online

April 29, 2024


काठमाण्डौ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भएसंगै बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ४ सय ६८ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् ।
इलाम–२ मा २४ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले १० हजार ३ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९ सय ४४ मत पुर्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ५ हजार ५ सय ९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङले १ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति:April 29, 2024