इलाम उपनिर्वाचन अप्डेटः सुहाङको मत ११ हजार कट्यो

  Sampatti News Online

April 29, 2024

काठमाण्डौ । इलाम–२ मा २७ हजारभन्दा बढी मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको मत ११ हजार कटेको छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले ११ हजार ७८ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५ सय १२ मत आएको छ । इलाम–२ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए।

प्रकाशित मिति:April 29, 2024