काभ्रेको पनौतीमा अधिवक्ता दाहाल मृत फेला

  Sampatti News Online

April 29, 2024

काठमाडौँ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पुर्याईएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् ।

प्रकाशित मिति:April 29, 2024