ईलाम उपनिर्वाचन अप्डेटः सुहाङको अग्रता कायमै

  Sampatti News

April 29, 2024

इलाम । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र २ मा भएको उपनिर्वाचनको मत गणना परिणामले नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ । इलाम(२ को चार पालिकाको मत गणना सम्पन्न हुँदा नेम्वाङले ४ हजार ६८३ मतले अग्रता लिनुभएको छ । उक्त मतगणनामा १३ हजार ६९ मत सुहाङलाई प्राप्त भएको छ ।

यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको ८ हजार ३८६ आएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ मत आएको छ भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको १ हजार ७१३ मत आएको छ ।

यसैगरी, अहिले सम्म ३२ हजार ६३८ मत गणना भएको छ । अहिलेसम्मको फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिका ६, ७ को मत गणना सक्किएको छ । यसपटक इलाम– २ मा ६९ हजार २८७ मत खसेको थियो ।

प्रकाशित मिति:April 29, 2024