सेयर बजारमा झिनो अंककाे वृद्धि

  Sampatti News Online

April 29, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकले बढेर बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा आज २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९९ वटाको बढेको छ भने १२८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।         

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । पोखरा फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३१.५० रुपैयाँ पुगेको छ भने जानकी फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१७ रुपैयाँ पुगेको छ । त्यस्तै, आज नेपाल फाइनान्स लिमिटेडको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।   

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको १७ करोड ५४ लाख बराबरको कारोबार भएको छ । 

प्रकाशित मिति:April 29, 2024