‘अल नेपाल’ साईकल यात्री कुइकेल आन्तरिक पर्यटनमा पनि जोड दिनुपर्ने सन्देशसहित बैतडीमा

  Sampatti News Online

April 29, 2024

काठमाण्डौँ । देशका ७७ ओटै जिल्लाको भ्रमणमा रहेका साइकल यात्री माधप प्रसाद कुइकेल आज बैतडी पुगेका छन् । देशै भरीका नागरिकले निःशुल्क एम्बुलेन्स चड्न पाउनु पर्ने माग राख्दै साइकल यात्राको क्रममा कुइकेल आज बैतडी पुगेका हुन् ।

२९ ओटा जिल्लाको भ्रमण गरि ३० औं जिल्लाको रुपमा बैतडी पुगेका कुइकेले जिल्ला प्रशासनमा पुगि प्रमुख जिल्ला अधिकारिलाई भेटेर देशमा रहेका हरेक नागरिकले फ्री मा एम्बुलेन्स चड्न पाउने र त्यहाँको विभिन्न परिवेशका बारेका कुरा गरेका छन् ।

सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई बचाउन गर्न भिन्न संस्कृति, भूगोल र मनलाई जोड्दै आन्तरिक पर्यटनमा पनि जोड दिनुपर्ने सन्देशसहित आफुले यात्रालाई निरन्तरता दिएको बताएका छन् ।

५९ बर्षिय उनी सिन्दुपाल्चोकको इन्द्रावति ४ नवलपुरका माधव प्रसाद कुइकेल भोलि दार्चुला जाने बताईएको छ ।

प्रकाशित मिति:April 29, 2024