“जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै बरिष्ठ पत्रकार त्रिपाटीले गरे बृक्षारोपण

  Sampatti News Online

April 29, 2024


काठमाण्डौँ । बरिष्ठ पत्रकार देबप्रकाश त्रिपाटीले आज आफ्नो जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन् ।
रौतहट जिल्लाको चन्द्रपुर–९ सिन्दुरेघारीबाट पहिलो पटक सुरु गरिएको “जन्मदिनलाई सत्कर्ममा जोडौँ” अभियानमा एक्यवद्धता जनाउदै काठमाण्डौँको तिनकुनेमा बृक्षारोपण गरी जन्मदिन मनाएका हुन् ।
त्यस्तै, आजै जन्मदिन परेका आशिष् गुरागाइले पनि उक्त अभियानमा जोडिएर बृक्षारोपण गरेका छन् । यो सामुहिक अभियानमा बिद्यार्थीहरु र पत्रकार सहभागीभई एक्यवद्धता जनाउदै अबका दिनदेखि जन्म दिननै बृक्षारोपणको दिन बन्ने समेत बताएका छन् ।
तराई बिकास तथा संञ्चार केन्द्र नेपालका अध्यक्ष तथा उक्त अभियानका संयोजक गोबिन्दप्रसाद चौलागाईले पत्रकारिता क्षेत्रका अघिल्लो पुस्ता देखी पछिल्लो पुस्ताको जन्मदिनलाई आजको दिन एकै स्थानमा सत्कर्ममा जोड्न पाउदा आफुलाई खुसी लागेको बताउदै दुबै जनालाई जन्मदिनको शुभकामना दिएका छन् ।
उक्त अभियानले दुई महिनाको अवधिमा लाखौं मानिसको सामुहिक अभियान बनेसंगै राष्ट्रिय अभियानको रुप लिएको छ । यसअघि काठमाण्डौँको तिनकुने र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर स्थित मृगस्थली श्लेसमानतक बनमा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा देशकै सुपरहिट कलाकारहरुले अभियानमा एक्यवद्धता जनाउदै बृक्षारोपण गरेका थिए ।
गत शनिबार (बैशाख १५ गते) नुवाकोट जिल्लाको पंञ्चकन्या–१ सिमरा स्थित सत्य नारायण मन्दिरमा आश्रय लिएर बसेका बुवाआमा गुमाएका (बेसाहरा) २४ जना बालबालिकाहरुको साहरा बनेको थियो ।

प्रकाशित मिति:April 29, 2024