यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

  Sampatti News

April 30, 2024

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया २६ पैसा र बिक्री दर १३३ रुपैया ८६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ २० पैसा र बिक्री दर १४६ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५४ पैसा र बिक्री दर ८७ रुपैयाँ ९३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र बिक्री दर ८ रुपैयाँ ५८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रकाशित मिति:April 30, 2024