शिक्षा सचिव अधिकारी र सहसचिव काफ्ले अनिवार्य अवकाशमा

  Sampatti News

April 30, 2024

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाशमा गएका छन् । साेमबार मन्त्रालयका सचिव(शिक्षा) सुरेश अधिकारी र सह-सचिव भोजराज काफ्लेको विदाई कार्यक्रम मन्त्रालयमा सम्पन्न भएको छ।

शिक्षामन्त्री सुमना श्रेष्ठले विदाई कार्यक्रममासचिव र सह-सचिवज्यूलाई तीन दशक लामो निजामती सेवाको लागि धन्यवाद व्यक्त गर्दै उनीहरूको अनुभव र विज्ञतामा आधारित योगदान आगामी दिनमा समेत मन्त्रालयलाई प्राप्त हुने अपेक्षा रहेको बताइन्।

विदाई कार्यक्रममा मन्त्रालयका सचिव (विज्ञान तथा प्रविधि) विश्वबाबु पुडासैनी, सह-सचिवज्यूहरू, उप-सचिवज्यू र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:April 30, 2024