सुदूरपश्चिममा १ हजार ७७ हवल्दारहरुको सरुवा

  Sampatti News Online

April 30, 2024


सुदूरपश्चिम । सुदूरपश्चिममा नेपाल प्रहरीका हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले आज (मंगलबार) सरुवा निकालेको हो । जसमा १ हजार ७७ जना हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले जानकारी दिए ।
प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन् ।
केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्डअनुरुप सरुवा गरिएको बताए । जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको, अशक्तलाई माग अनुसारकै स्थानमा पठाइएको, दम्पतीलाई सकेसम्म एकै स्थानमा खटाइएको, र स्कुल एवं प्रशिक्षण केन्द्रमा ड्रील तालिम तथा एसएसली पासलाईमात्र खटाइएको डीआइजी केसीको बताएका छन् ।

प्रकाशित मिति:April 30, 2024