संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार : सांसद सिंह

  Sampatti News Online

April 30, 2024

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संघीयता धरापमा परे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने दाबी गरेका छन् । उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकार चिनियाँ भन्दा बढी अमेरिकन शक्तिबाट सञ्चालित रहेको आरोप समेत लगए ।

सामाजिक कामको क्रममा वीरगञ्ज पुगेका सांसद सिंहले पत्रकारहरु संगको संक्षिप्त कुराकानीमा संविधानमाथि भइ रहेको षडयन्त्र प्रचण्डलाई जेलमा हाल्ने रणनीति बनि रहेको बताए । प्रचण्डले मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गर्दै मुलुकमा देखिएको आर्थिक संकटका कारक प्रचण्डनै रहेको दाबी गरे ।

त्यहि नियतले अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहारपनि भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए । त्यसको जीता जागता (ज्वलन्त) उदाहरण मधेसमै अहिले देखिइरहेको छ । केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र र्‍यालीहरु निकालिदैछ । यसले नै प्रष्ट हुन्छ । विदेशी शक्तिहरु लागेर मधेसमा धर्मको नाममा द्धन्द्ध सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए । त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाई छ । उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेकोपनि प्रष्ट पारे ।

सविधानको प्रजातान्त्रिक कार्यान्वयन भन्दा पनि मुलुकमा लागु भएको धर्मनिरपेक्ष्ता, गणतन्त्र, संघीयता र समावेशीता माथि प्रहार भइरहेको उनको भनाइ थियो । उनले मुलुकबाट एक राजा गए पनि बढदै गएका नव युवराजहरुको कारण मुलुक बिचौलिया र अपराधीकरणको दलदलमा फस्दै गएको बताउदै प्रधानमन्त्रीको सचिवालय समेत विशेषज्ञ भन्दा पनि परिवारवादको कब्जाबाट संचालित भएको अरोप लगाए । उनले भने–‘पैसा उठाउन, गैर कानुनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ति गरेर राखिएको छ । यो पनि एउटा संवैधानिक अपराध नै हो ।’

वर्तमान समयमा २० बिचौलियाहरुले मात्रै मुलुक चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशयी अवस्थामा पुगेको सांसद सिंहको दावी छ । सामान्य खर्चपनि विदेशीऋणवाट चलिरहेको छ । देशको अर्थतन्त्र कति जर्जर अवस्थामा पुगेको छ यहीँबाट पुष्टि हुन्छ सांसद सिंहले भने ।

प्रकाशित मिति:April 30, 2024