टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

  Sampatti News Online

May 1, 2024

एजेन्सी । टी-२० विश्वकप २०२४ का लागि अस्ट्रेलियाले राष्ट्रिय टोली घोषणा गरेको छ। अस्ट्रेलियाले बुधबार बिहान मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

मार्सले पछिल्लो १२ महिनामा अस्ट्रेलियाको टी-२० टोलीको  अन्तरिम कप्तानको भूमिका निर्वाह गर्दै आएका छन्। कप्तानको रूपमा टी-२० विश्वकप उनको पहिलो ठूलो प्रतियोगिता हुनेछ।

अस्ट्रेलियाको टोली:
मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, र एडम जाम्पा

प्रकाशित मिति:May 1, 2024