दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

  Sampatti News Online

May 1, 2024

इलाम । इलालमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मे १ ज ३२३६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यान चालक इलामको देउमाइ नगरपालिका-६ निवासी २५ वर्षीय दिपेश राईको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भ्यानमा सवार इलाम नगरपालिका-५ का २६ वर्षीय विश्वास राई घाइते भएका छन् । उनलाई उपचारार्थ झापा स्थित बीएण्डसी अस्पताल पठाइएको छ।

प्रकाशित मिति:May 1, 2024