कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला

  Sampatti News Online

May 1, 2024

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्।

बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए।  ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति:May 1, 2024