वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

  Sampatti News Online

May 1, 2024

काठमाडौं ।  वेस्ट इन्डिज ‘ए’ले तेस्रो टी-ट्वेन्टी खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको छ ।

वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले शतक प्रहार गरे । जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक पूरा गरेका थिए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए ।

त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७/१ को अवस्थामा थियो । त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३रनमा नट आउट रहे ।

स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।

प्रकाशित मिति:May 1, 2024