मध्यरातमा घरमा आगलागी हुँदा दम्पतीको मृत्यु

  Sampatti News Online

May 2, 2024

मलेखु । धादिङको थाक्रे गाउँपालिका- ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। बुधबार राती आफ्नै घरमा आगलागी हुँदा ७४ वर्षीय तेज बहादुर लामा र ७४ वर्षकै श्रीमती ठूली लामाको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । “राति करिब ११:३० बजे घरमा आगो लागेको प्रहरीले खबर पाएका थिए।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन्। गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन्। आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए। पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ। गोठमा बाँधेको एउटा गाई पनि मरेको छ।

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ। आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताए।

प्रकाशित मिति:May 2, 2024