आज तोलामा २ हजारले बढ्यो सुनको मूल्य

  Sampatti News Online

May 2, 2024

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। बुधबार चाँदी प्रतितोला १६३० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:May 2, 2024