रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरे

  Sampatti News Online

May 2, 2024


काठमाण्डौँ । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतकीय इनिङ्स पूरा गरेका छन्।

रोहितले मोन्तीको ओभरमा छक्का लगाउँदै सिरिजमा तेस्रो अर्धशतकीय इनिङ खेलेका हुन्। उनले पहिलो खेलमा शतक जोडेका थिए ।

पौडेलले ३५ बलमा दुई छक्का र ६ चौका प्रहार गरी ५४ रन बनाएका छन् । क्रिजमा दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् । नेपालले दुई सय १० रनको लक्ष्य पछ्याइरहेको छ ।

प्रकाशित मिति:May 2, 2024