नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब १३ करोडको कारोबार

  Sampatti News Online

May 2, 2024

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकको गिरावट भएको छ । यस दिन भने घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६४ हजार १८१ पटकको कारोबारमा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 बिहीबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ। अघिल्लो दिन सर्वाधिक बढेको विकास बैंक उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.०३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था रहेका छन । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । यसका साथै आज विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.७१ प्रतिशतले बढेको छ ।      

आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.२१ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साइन आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।   

प्रकाशित मिति:May 2, 2024