कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द

  Sampatti News

August 27, 2020

सुर्खेत । कर्णाली प्रदेश अस्पताल एक साताको लागि बन्द गरिएको छ । अस्पतालका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिए देखिएपछि ओपिडी सेवा बन्द गरिएको हो । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार ६ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार बुधबार पाँच जना र मंगलबार एकजनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित स्वास्थ्यकर्मीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा २ जना कन्सल्ट्यान्ट डाक्टर र ४ जना मेडिकल अधिकृतलाई संक्रमण देखीएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

उनका अनुसार बुधबार गरिएको परीक्षणमा थप एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेको निर्देशक डा.खड्काले बताएका छन् । यसअघि पनि अस्पतालका ३ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो । उनीहरू निको भएर ड्युटीमा फर्किसकेका छन् ।

प्रकाशित मिति:August 27, 2020