प्रहरी बिद्यालय लाई सहयोग गर्ने मेयरको प्रतिवद्धता

  Sampatti News Online

May 4, 2024

रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले प्रहरी बिद्यालय लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल लाई गरुडा नगरपालिकाको कार्यकक्षमा शुक्रवार मेयर जैसवालले स्वागत गर्दै उक्त प्रतिवद्धता जनाएका हुन्। डिआईजी पोखरेलको कार्यकुशलताले रौतहट लगायत सिंगो मधेस प्रदेशमै थप सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखि अपराधिक गतिविधी नियन्त्रण र नीति निर्देशन अनुरुप उत्कृष्ट एवं प्रशंसनिय ढंगबाट उच्च मनोबलका साथ कार्य सम्पादन गर्नुहुनेमा आफू विश्वस्त रहेको बताएका थिए।भेटघाटको क्रममा गरुडा नगरपालिका भित्र संचालित प्रहरी बोर्डिङ स्कुलमा नगरपालिकाबाट हुने सहयोगको लागी सदैव तयार रहने प्रतिबद्धता जनाएका थिए।भेट्घाटको अवसरमा रौतहटका सिडियो हिरालाल रेग्मी,रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे लगायतको उपस्थिति रहेको थियो। डिआईजी पोखरेल शुक्रवार प्रहरी विद्यालय जिंगडियाको निरीक्षण समेत गरेका थिए।

प्रकाशित मिति:May 4, 2024